+
+
Shares

चन्द्रागिरिमा घरको रेलिङबाट खसेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते १२:००

४ फागुन, काठमाडौं । चन्द्रागिरिमा घरको रेलुङबाट खसेर एक जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका-५ हाइभिजनस्थित वीरबहादुर घलेको घरको रेलिङबाट लडेर दोलखाको सैलुङ गाउँपालिका-३ का ५२ वर्षीय होमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

मृतक श्रेष्ठ वीरबहादुरका छोरा जितेन्द्रका साथी हुन् । उनी आज बिहान जितेन्द्रको घरको दुई तलामाथि छतमा बसेर घाम तापिरहेका थिए । त्यहाँबाट झर्ने बेला रेलिङमा अड्किएर भुईंमा खसेको प्रहरीले जनाएको छ ।

भुईंमा खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि एपीएफ अस्पताल पुर्‍याइएकोमा चिकित्सकले आज बिहान पौने १० बजे मृत्यु घोषणा गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?