+
+
Shares

संसद् जान थाले वसन्त नेम्वाङ

ताप्लेजुङमा आयोजित नेकपा एमालेको जिल्ला कमिटी बैठकमा सहभागी हुन पुगेका बेला एक्कासि बिरामी परेपछि उनी उपचाररत थिए । नियमित अस्पताल रहनु पर्ने अवस्थाबाट मुक्त भएपछि नेम्वाङ संसदीय गतिविधिमा सरिक हुन थालेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते १४:०४
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद बसन्त नेम्वाङ

४ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद वसन्त नेम्वाङ संसद् जान थालेका छन् । एक वर्षदेखि उनी बिरामी भएका कारण संसदीय गतिविधिमा सक्रिय हुन सकिरहेका थिएनन् ।

छोरा प्रभात नेम्वाङका अनुसार उनी प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशनबाट नेम्वाङ संसद् जान थालेका हुन् । हिउँदे अधिवेशन गत १८ माघदेखि सुरु भएको हो ।

वसन्त नेम्वाङ गत वर्ष १७ माघदेखि बिरामी थिए । ताप्लेजुङमा आयोजित नेकपा एमालेको जिल्ला कमिटी बैठकमा सहभागी हुन पुगेका बेला एक्कासि बिरामी परेपछि उनी उपचाररत थिए । उनको उपचार अहिले पनि चलिरहेको छ ।

नियमित अस्पताल रहनु पर्ने अवस्थाबाट मुक्त भएपछि नेम्वाङ संसदीय गतिविधिमा सरिक हुन थालेका हुन् ।

पछिल्लो समय नेम्वाङको भारतको बेंग्लोरस्थित नेसनल इन्सिच्युड अफ मेन्टल हेल्थ एन्ड न्युरो साइन्समा उपचार भएको थियो ।

ताप्लेजुङमा एक्कासि बिरामी परेपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर सुरुमा मेडिसिटी अस्पताल भर्ना गरेर त्यहीँ उपचार गराइएको थियो । मेडिसिटी अस्पतालमा करिब एक महिना उपचार गराएपछि घर फर्केका उनी फेरि समस्या आएपछि बेंग्लोर गएका हुन् ।

चिकित्सकका अनुसार नेम्वाङको मस्तिष्कको देब्रे भागको धमनीमा रगत जमेको देखिएको थियो । यसलाई चिकित्सकले ‘ब्रेन स्ट्रोक’ भनेका थिए । ‘ब्रेन स्ट्रोक’ पुष्टि भएपछि उनी गत एक वर्षदेखि उपचारत थिए ।

एक वर्षसम्मको उपचारपछि नेम्वाङ संसदीय गतिविधिमै संलग्न हुन सक्ने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?