+
+
Shares

संसद्‍मा उठ्यो प्रश्न : धर्मान्तरका लागि अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते १४:०८

४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री धवलशमशेर जबराले धर्मान्तरका लागि नेपालमा अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो भनेर प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले यो विषय उठाएका हुन् । भारतको संसदमा समेत यो विषय उठेको थियो । अमेरिकी सांसदले नै यस्तो बताएपछि भारतीय संसद्‍मा यो विषयले प्रवेश पाएको थियो ।

आइतबार प्रतिनिधिसभामा राप्रपाका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्यले यसबारे सत्य के हो भनेर विषय उठाएका हुन् ।

‘भारतको प्रतिनिधिसभामा जोडदार कुरा उठेको छ– अमेरिकाबाट सय मिलियन अर्थात, १४ अर्ब रुपैयाँ नेपालमा धर्मान्तरका लागि प्रयोग भएको छ,’ जबराले भने । यस्तो प्रयोग पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पालामा भएको भन्ने आएको जबराले स्मरण गरे । यो विषयमा वर्तमान सरकारले चासो नदेखाएको भनेर उनले प्रश्न गरे ।

‘यो कुरामा सरकारले चासो देखाएको छैन । हामी किन बोलिरहेका छैनौं ?,’ जबराको प्रश्न छ । यो विषयमा छानबिन हुनुपर्ने उनको माग छ ।

यो विषयमा नेपाल सरकारले अमेरिकी सरकारलाई कुटनीतिक नोट पठाएर जानकारी लिनुपर्ने उनको आग्रह छ । अमेरिकी सरकारको जवाफ आएपछि सदनमा पेस गर्न पनि उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?