+
+
Shares

छुवाछूतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते १५:५६

४ फागुन, काठमाडौं। संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लगायत विषयमा गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्माको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री लेखकले जातीय विभेद निर्मूल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताए । ‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चितता हुने गरी राख्नुपर्छ भन्ने मान्छे हुँ । त्यही अनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो । जातीय विभेद निर्मूल हुनुपर्छ भनेर म सधैं लागिपरेको छु’, उनले भने ।

गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछूतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताए । ‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क बनाउँछु । यसलाई ७७ जिल्लामै डेस्क बनाउन भन्छु’, उनले भने ।

आफू गृहमन्त्री भएपछि नेपाल प्रहरीमा दलित समुदायबाट डम्बर विश्वकर्मा डीआईजी भएको बताए । ‘डम्बर विश्वकर्मा एसएसपी हुनुहुँदोरहेछ । डीआईजी बढुवा गर्दा डम्बरलाई नछुटाई गर्नु भनें। नेपाल प्रहरीमा पहिलो पटक एक जना दलित डीआईजी हुनुभयो’, उनले भने ।

निर्वाचन सम्बन्धी ऐनमा महिला र दलितको विषय ज्यादा महत्वका साथ आफूले लिएको गृहमन्त्री लेखकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?