
४ फागुन, काठमाडौं । नेसनल एरोनटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)ले झण्डै ३० वर्षअघि अन्तरिक्षबाट खिचिएको सगरमाथाको तस्वीर सार्वजनिक गरेको छ ।
यसै साता सार्वजनिक गरिएको उक्त तस्वीर स्पेस शटल कोलम्बियाका चालक दलले ३० नोभेम्बर १९९६ मा एसटीएस-८० मिशनको समयमा खिचेको थियो ।
तस्वीरमा ८,८४८ मिटर उचाइमा रहेको सगरमाथा र धेरै हिमनदीहरू देखिन्छन्। अंग्रेजी अल्फाबेट ‘भी’ आकारको उपत्यकाको बायाँतिर सगरमाथा अवस्थित छ।
नासाका अनुसार सन् १९९६ को अन्तिम शटल उडान रहेको एसटीएस-८० मिशनले दुईवटा स्वतन्त्र रूपमा उड्ने अनुसन्धान यानको सफल प्रक्षेपण, सञ्चालन र पृथ्वीमा फर्किएर मुख्य उपलब्धि हासिल गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4