
काठमाडौं । बलिउड फिल्म निर्माता करण जोहर हालै एक विमानस्थलमा संचारकर्मीले घेरिए । तर, उनको पछिल्लो लुक्सले प्रशंसकलाई एकसाथ उत्सुक र चिन्तित तुल्याएको छ ।
सामाजिक सञ्जालमा सेयर भैरहेको भाइरल भिडियोमा करणलाई विलासी कारबाट बाहिर निस्किएको देख्न सकिन्छ । ट्रेन्डी डेनिम पोशाक लगाएको देखिन्छ । नीलो डेनिम टिसर्ट, स्टाइलिस सनग्लास र उस्तै रङको क्यापमा उनी आकर्षक देखिएका छन् ।
सबैको ध्यान खिच्ने मुख्य कारण चाहिँ उनको दुब्लोपन थियो । एक इन्स्टाग्राम ह्याण्डलबाट सेयर गरिएको भिडियोमा करणलाई जेन–जी प्रेरित लुक्समा देख्न सकिन्छ । उनले बोकेको ब्यागको इमोजीले पनि त्यसलाई दर्शाउँछ ।
एक प्रयोगकर्ताले भने, ‘करणले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । तौल छिट्टै घटेको देखिन्छ ।’ अर्कोले व्यंग्यात्मक टिप्पणी गरे, ‘बर्षौंको नेपोटिज्मपछि नराम्रो भाइब्स अन्ततः उहाँमा आयो जस्तो देखिन्छ ।’
करणको सार्वजनिक उपस्थितीलाई लिएर भएको यो चर्चा पहिलोपटक होइन । अक्टोबर २०२४ मा, आलिया भट्ट र वेदांग रैना अभिनित आफ्नो फिल्म ‘जिगरा’को प्रचारका लागि कपिल शर्माको शोमा पुगेका करणलाई कपिलले पनि उनको दुब्लोपनलाई लिएर चर्चा गरेका थिए ।
करण आफ्नो स्टाइलको कारण चर्चामा रहने गर्छन् ।
प्रतिक्रिया 4