
४ फागुन, काठमाडौं । भारतको चर्चित व्यापारिक कम्पनी ‘गोदरेज’ ले नेपाली बजारमा नयाँ डिटर्जेन्ट ब्रान्ड ल्याएको छ ।
गोदरेजले नेपाली बजारमा सुलभ मूल्यमा ‘फ्याब लिक्विड डिटर्जेन्ट’ सार्वजनिक गरेको हो ।
गोदरेजले अन्य प्रतिस्पर्धी डिटर्जेन्ट (सर्फ) भन्दा सस्तोमा लिक्विड डिटर्जेन्ट ल्याएको हो । एक किलो पाउडरले काम गर्नेभन्दा एक लिटर लिक्विड डिटर्जेन्टले काम धेरै गर्ने कम्पनीको भनाइ छ ।
गोदेरेजले ल्याएको फ्याब डिटर्जेन्टमा लिक्विडतर्फ सबैभन्दा ठूलो ‘लन्च’ मध्ये एक हो । प्रतिस्पर्धी कम्पनीका तुलनामा यो प्रिमियम गुणस्तर उत्पादन र मूल्यका तुलनामा झन्डै आधामा आउने गरी ल्याउँदा नेपाली उपभोक्तालाई राहत पुग्ने गोदरेजले जनाएको छ ।
गोदरेज फ्याबले दक्षिण भारतीय बजारमा उल्लेख्य सफलता पाइसकेको छ । अहिले नेपाली उपभोक्ताले समेत रुचाउन सुरु गरेको गोदरेजका नेपाल प्रमुख आकाश सिंगाहीले बताए ।
गोदरेज फ्याब डिटर्जेन्ट काठमाडौं, बिगमार्ट, दराज, भाटभटेनीका आउटलेटहरूमा आइसकेको उनले जानकारी दिए ।
नेपाली बजारमा दराज अनलाइनमा लन्च भएको दुई महिनाभित्र फ्याबले ४.६ रेटिङका साथ राम्रो बिक्री पाइरहेको कम्पनीको भनाइ छ ।
कम्पनीले फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता डिजिटल प्लेटफर्महरूमा नीति शाह, करिश्मा केसी, पुरु सिग्देल लगायतका कन्टेन्ट क्रिएटरहरूसँग प्रचारको काम पनि गरिसकेको छ ।
गोदरेज चार दशकभन्दा बढी समयदेखि लिक्विड डिटर्जेन्ट ल्याउने कम्पनी हो । यसले सन् १९८३ मा ‘इजी’ ब्रान्डमा नरम कपडा र जाडो यामका कपडाका लागि लिक्विड सार्वजनिक गरेको थियो ।
यस्ता छन् फ्याब डिटर्जेन्टका विशेषता
गोदरेजले उच्च प्रविधि प्रयोग र अनुसन्धान गरेर ल्याएको फ्याब डिटर्जेन्टको मुख्य विशेषता भनेको यो सस्तो र गुणस्तरीय नै हो । ‘हामीले विभिन्न रिसर्च र प्रविधि प्रयोग गरेर यो स्तरको बनाएका हौं,’ सिंगाहीले भने ।
उनका अनुसार यो लिक्विड डिटर्जेन्ट हातले धुँदा बकेट, बाल्टी र वासिङ मेसिनमा राम्ररी घुल्छ ।
‘अन्य पाउडर सर्फ दानादाना हुन्छन् । तर, यो सजिलैै घुल्छ । पाउडरको भन्दा धेरै नै काम गर्छ । यसले राम्रो फिँज निकाल्ने र कडा दाग पनि सजिलै मेटाउँछ,’ उनी भन्छन् ।
सस्तो सर्फ कडा हुने भए पनि हानिकारक हुने उनले बताए । तर, फ्याबमा भने नरम र सफा बनाउने केमिकल प्रयोग भएको हुन्छ ।
‘जति सस्तो सर्फ छ, त्यति चाँडै कपडा फाट्छ किनभने सस्ता केमिकलले कडा बनाउँछ, जसले कपडा छिट्टै फाट्छ । हाम्रो लिक्विड एकदम नरम छ । पाउडर भन्दा राम्ररी घुल्छ र तुरुन्तै घुल्छ,’ उनले भने, ‘अर्को कुरा, यसले निकाल्ने फिँज पाउडरको भन्दा धरै राम्रो छ । जसका कारण कपडा सफा हुन मद्दत गर्छ । मुख्य कुरा यही क्वालिटीका अन्य डिटर्जेन्टको मूल्य हाम्रोभन्दा दोब्बर छ ।’
गोदरेजको लिक्विड डिटर्जेन्ट फ्याब अन्य डिटर्जेन्ट भन्दा ब्लाइन्ड टेस्टमा सबैभन्दा माथि रहेको कम्पनीको दाबी छ ।
‘हामीलाई के विश्वास छ भने फ्याब लिक्विडले नपाली उपभोक्ताको मन जित्छ । गोदरेज कम्पनी रिसर्चमा पनि धेरै अगाडि छ,’ उनले भने, ‘हामीले उच्च प्रविधि प्रयोग गरेर सुगन्धका केमिकल हालेका छौं । जुन स्वास्थ्यलाई प्रतिकूल हुँदैन ।’
नेपाली बजारमा उत्साहजनक प्रतिक्रिया
गोदरेजका अनुसार नेपालभित्र पनि बजारमा उत्साहजनक प्रतिक्रिया आइरहेको छ ।
‘हामीले बिस्तारै वार्षिक ५०–६० करोडको बजार विस्तार हुने देखेका छौं । हाम्रो उच्च गुणस्तरको डिटर्जेन्ट सुलभमा पाएपछि हाम्रा कारण अन्य सर्फले पनि बजार मूल्य घटाएका छन्,’ सिंगाही भन्छन् ।
उनका अनुसार नेपालमा १३ अर्ब रुपैयाँ बराबरको डिर्टजेन्ट बजार छ । यसमा ब्रान्डेड कम्पनीका ३ देखि ४ अर्बको बजार छ । बाँकी साना ब्रान्ड, नन ब्रान्डेड छन् । औपचारिक रूपमा देखिने बजार ६ देखि ७ अर्ब मात्रै रहेको उनले बताए ।
‘हामी नेपालमा १० प्रतिशत बजार हिस्सा तत्काल लिन सक्छौं भन्ने लागेको छ । यसको प्याकेजिङ पनि वैज्ञानिक ढंगबाट गरिएको छ,’ उनले भने, ‘बोतलमा नभई तेलको जस्तै तर खोल्न र बन्द गर्न मिल्ने प्याकेटमा हुन्छ । जसका कारण लामो समय डिर्टजेन्ट प्रयोग गर्दै राख्दै गर्न सकिन्छ ।’
यो एकचोटि खोलेर दुई वर्षसम्म बन्द गरेर राखे पनि गुणस्तर नघट्ने कम्पनीको दाबी छ ।
यसमा कम केमिकल र उच्च प्रविधि प्रयोग भएको छ । यसको प्याकेटमा कम प्लास्टिक प्रयोग हुने भएकाले वातावरणमा पनि धेरै असर नगर्ने सिंगाहीको दाबी छ ।
विशेष अफर
अहिले फ्याब खरिदमा डिस्काउन्ट अफर चलिरहेको छ । ‘मूल्य २ सय ५० हो, अहिले नेपालमा विशेष अफर रहेकाले २ सयमा आउँछ । त्यसमा पनि एयर पकेट सित्तैँमा आउँछ,’ उनले भने ।
गोदरेजले साङ्ला, किरा मार्ने हिट, लामखुट्टे भगाउने गुडनाइट, बाथरुममा प्रयोग हुने एयर पकेट, रुम स्प्रे, रोज वाटर, कपालमा हाल्ने मेहेन्दी लगायत उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया 4