
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’को अडिसन सुरू भएको छ । शनिबारदेखि होटल मण्डला नर्लिङमा फिजिकल अडिसन सुरू गरिएको हो ।
अडिसनमा नेपाल भ्रमणमा आएकी मिस ग्लोब २०२४ डायना मोरेनोले जजको भूमिका निर्वाह गरिन् । डायनासहित फ्रेन्की बोजो, सन्तोष उपाध्याय, पूर्वमिस ग्लोब नेपाल रोशनी चन्द्र, पूर्व मिस्टर इन्टरनेसनल मानस राई जजको रुपमा देखिए ।
अडिसन सातै प्रदेशमा चल्नेछ । फेब्रुअरी २४ देखि झापा, इटहरी, वीरगञ्ज्, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा अडिसन हुने जनाइएको छ । आयोजना तालिका तय हुन बाँकी छ ।
प्रतियोगितमा १८ देखि ३२ वर्ष उमेरका महिला र १८ देखि ३४ वर्ष उमेरका पुरुषले अडिसन दिन पाउने प्रतियोगिताका राष्ट्रिय निर्देशक सन्तोष उपाध्यायले बताए । चौंथो संस्करणबाट अन्तर्राष्ट्रिय विजेतालाई जजको रुपमा राख्न सफल भएको उनले बताए ।
नेपालमा हुने सौन्दर्य प्रतियोगितामा ग्रान्ड फिनालेमा अन्तर्राष्ट्रिय स्तरका विजेताहरूलाई ल्याएर जजको भूमिका राख्ने सनुर्वी इन्टरनेसनल पहिलो प्रतियोगिता भएको आयोजकको दाबी छ ।
पहिलोपटक नेपाल आएकी मिस ग्लोब डायनाले पनि नेपालको बसाई रमाइलो भैरहेको बताइन् । जज बन्न पाउँदा उत्साहित रहेको उनले सुनाइन् । वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रन वे पनि आयोजना हुँदैछ । जसको उद्देश्य जुन जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउनु हो ।
प्रतिक्रिया 4