+
+
Shares

बढुवा भएका ७२ अधिकृतले लगाए दर्ज्यानी चिह्न, खरो उत्रन प्रहरी महानिरीक्षकको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते १७:३६

४ फागुन, काठमाडौं। प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका ७२ अधिकृतहरुले दर्ज्यानी चिह्न प्राप्त गरेका छन् ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

७५ इन्सपेक्टर डीएसपीमा बढुवा भएका थिए । ती मध्ये २ जना संयुक्त राष्ट्र संघीय मिसनमा र १ जना तालिमको सिलसिलमा विदेशमा रहेकाले ७२ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले कार्यसम्पादनमा खरो उत्रन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?