
४ फागुन, काठमाडौं । नाबालिकालाई यौन पेसामा लगाएको आरोपमा एक स्पा सञ्चालिका पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–५ घर भएकी ४१ वर्षीया स्मृति भनिने रमिला गौतम छिन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
उनले ठमेलस्थित सात घुम्तीमा हिमालयन नेचुरल स्पा सञ्चालन गरेकी थिइन् ।
नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर उनले यौन पेसामा लगाउने गरेको ब्यूरोका एसपी नरेन्द्र कुँवरले बताए । पक्राउ परेकी गौतमविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4