+
+
Shares

स्ववियु चुनावको निर्देशिकामा तीन सभापतिको आपत्ति, सच्याउन माग

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते १९:०५

४ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन का सभापतिहरूले स्ववियु चुनावको निर्देशिका सच्याउन माग गरेका छन् ।

निर्देशिकामा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत ४ गते देखि स्वतः समाप्त भएको मानिने भनि उल्लेख भएपछि सभापतिहरूले आपत्ति जनाएका हुन् ।

त्रिवि विश्वविद्यालय क्याम्पसका सभापति श्याम राज ओझा, पुल्चोक क्याम्पसका स्ववियु सभापति विराज अर्याल र नेपाल ल क्याम्पसका सभापति विष्णु ढुंगेलले संयुक्तरुपमा विज्ञप्ति जारी गरेर उक्त प्रावधान सच्याउन माग गरेका हुन् ।

‘निर्देशिकाको बुँदा १३ (४) मा स्ववियू सम्पन्न भएको या नभएको दुवै अवस्थामा २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत ४ गते देखि स्वतः समाप्त भएको मानिनेछ भन्ने व्यवस्था त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को नियम ३४८ (घ) को विपरित छ,’ विज्ञप्तिमा भनिएको छ ।

कुनै कारणवस निर्धारित मितिमा निर्वाचन हुन नसकेमा बढिमा ६ महिनाका लागि कार्यसमितिको पदावधि त्रिवि कार्यकारी परिषद्ले थप गर्न सक्ने व्यवस्था रहेकाले स्वतः समाप्त भन्ने प्रावधान नराख्न ध्यानकर्षण गराएका हुन् । तीन सभापतिले त्रिविको सभा बनाउन समेत माग गरेका छन् । विद्यार्थीको समस्या समाधान गर्न सभा बनाउन माग गरेका हुन् ।

‘त्रिवि सभा तत्काल नराखे पदाधिकारिलाई विश्वविद्यालय प्रवेश निषेध गरिने विषयको चेतावनी दिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?