
४ फागुन, काठमाडौं । धोबीखोलामा एउटा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको सिंहदरबार वृत्तका डीएसपी गंगा पौडेलले जानकारी दिए ।
बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसेको हो । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन ।
‘अहिले हामी मापसे लगायतका चेकजाँच गरिरहेका छौं, कुनै क्षति भएको छैन,’ ट्राफिक प्रहरीका एसएसपी विनोद घिमिरेले भने ।
यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4