+

प्रिमियर लिग : डियाज र सालाहको गोलमा लिभरपुलको जित

२०८१ फागुन  ४ गते २१:५६ २०८१ फागुन ४ गते २१:५६
प्रिमियर लिग : डियाज र सालाहको गोलमा लिभरपुलको जित

४ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलले वुल्भ्सलाई हराउँदै उत्कृष्ट लय कायमै राखेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई २-१ गोलअन्तरले हराएको हो ।

लिभरपुलको जितमा लुइस डियाज र मोहमद सालाहले एक-एक गोल गरे । वुल्भ्सका म्याथ्युस कुन्हाले एक गोल गरे ।

लिभरपुलले पहिलो हाफमै दुई गोलको अग्रता लिएपनि दोस्रो हाफमा भने वुल्भ्सले गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेको थियो । तर थप गोल नहुँदा लिभरपुल विजयी भयो ।

खेलको १५औं मिनेटमा डियाजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलले पहिलो हाफमै २-० को अग्रता बनायो ।

दोस्रो हाफको ५९औं मिनेटमा पेनाल्टी पाएपनि भिएआरले उल्टाउँदा लिभरपुल तेस्रो गोलको मौकाबाट वञ्चित भएको थियो । ६७औं मिनेटमा कुन्हाले गोल गर्दै खेलमा फर्कने संकेत गरेपनि थप गोल भएन।

जितपछि शीर्षस्थानको लिभरपुलको २५ खेलमा ६० अंक भएको छ भने पराजित वुल्भ्स १९ अंकसहित १७औं स्थानमा छ । लिभरपुल यस सिजन हालसम्म एक खेलमा मात्र पराजित भएको छ ।

इंग्लिस प्रिमियर लिग लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय