+
+
Shares

देशका उच्च भागमा वर्षा र हिमपात, तराईमा हुस्सु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते ६:४६

५ फागुन, काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा विभागले जनाएको छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ ।

विभागले सातवटै प्रदेशका आंशिक बदली रहने जनाएको छ । पाँचवटा प्रदेशमा हिमपातको सम्भावना छ । मधेस र लुम्बिनीबाहेकका पाँचवटा प्रदेशमा हिमपातको सम्भावना रहेको हो । राति भने यो प्रदेशमा बदलीमात्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?