
५ फागुन, काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको सेयर लिलामी बिक्रीमा आएको छ । कुल १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामी बिक्रीमा आएको हो ।
जसमध्ये ६ लाख ७६ हजार १९१ कित्ता संस्थापक समूहको छ । चैत २९ गतेसम्म यो लकइनमा रहेको छ । त्यस्तै सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ कित्ता सेयर पनि लिलामी बिक्रीमा आएको छ । यो सेयर पनि चैत २९ सम्म लकइनमा छ ।
लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा छ । यी सेयर खरिद गर्न इच्छुकले सोमबारदेखि फागुन १९ सम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।
एनआईएमबी एस क्यापिटल लाजिम्पाट तथा सो क्यापिटलका शाखा कार्यालयहरु पोखरा, बुटवल, वीरगन्ज र बिराटनगरबाट आवेदन दिन सक्नेछन् । आइतबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७२ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4