+
+
Shares

बाफ्टामा ‘कन्क्लेभ’ बन्यो उत्कृष्ट फिल्म, अस्करमा के अर्थ राख्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १२:३८

काठमाडौं । ब्रिटिस एकेडेमी फिल्म अवार्ड (बाफ्टा) २०२५ को घोषणा भएको छ । ‘कन्क्लेभ’ र ‘द ब्रुटालिस्ट’ले जितमा वर्चस्व जमाएको बेला पायल कपाडिया निर्देशित भारतीय फिल्म ‘अल वी इम्याजिन एज लाइट’ जितबाट वञ्चित भएको छ ।

गैरअंग्रेजी भाषाको फिल्म विधामा ‘एमिलिया पेरेज’ उत्कृष्ट बनेको छ । यसअघि ‘८२ औं गोल्डेन ग्लोब अवार्ड’ र ‘क्रिटिक च्वाइस अवार्ड’मा पनि यस्तै भएको थियो ।

नेटफ्ल्क्सिको स्पेनी फिल्म ‘एमिलिया पेरेज’ले यतिबेला चर्चा पाइरहेको छ । यसवर्षको अस्कर अवार्डका १३ विधामा यो फिल्म मनोनयन भएको छ । यसवर्षको बाफ्टामा पनि ११ विधामा छनोट भएको थियो, जसमध्ये २ विधामा जित दर्ता गर्‍यो । यो फिल्मका लागि जोय साल्दानाले सहायक अभिनेत्रीको पुरस्कार जितिन् ।

एडवर्ड बर्गरको राजनीतिक-थ्रिलर ‘कन्क्लेभ’ र ब्राडी कोर्बेटको पिरियड ड्रामा ‘द ब्रुटालिस्ट’ले ७८ औं बाफ्टा अवार्डमा सबैभन्दा बढी चार अवार्ड पाए । मुख्य अभिनेत्री विधामा ‘अनोरा’बाट मिकी म्याडिसनले जित्दा उत्कृष्ट अभिनेतातर्फको अवार्ड भने एड्रियन ब्रोडीले ‘द ब्रुटालिस्ट’बाट जिते ।

उत्कृष्ट निर्देशकको अवार्ड ‘द ब्रुटालिस्ट’बाट ब्राडी कर्बेटले जिते । बाफ्टाको जितले अस्कर अवार्डको सम्भावित विजेता तय गर्न सक्ने संकेतको रुपमा बुझिन्छ । अस्कर अवार्ड मार्च २ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?