+

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

२०८१ फागुन  ५ गते १३:३८ २०८१ फागुन ५ गते १३:३८
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

५ फागुन, काठमाडौं । आजदेखि काठमाडौंमा सुरू हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ ।

दशरथ रंगशालामा उपाधि विजेतालाई दिइने ट्रफी सार्वजनिक गरिएको हो । एन्फाका उपाध्यक्षद्वय दीपक खतिवडा र दावा लामा तथा महासचिव किरण राईले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका थिए ।

नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता फागुन १४ गतेसम्म चल्ने छ । सिंगल राउण्ड रोबिनमा खेलाइने लिगको शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।

पहिलो खेलमा अहिले केहीबेरमा म्यानमार र लेबनान खेल्दै छन् । साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ ।

 

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय