+
+
Shares

नागरिकता विधेयकमाथि संशोधन हाल्न समय खुला

हिजो गणपुरक संख्या नपुग्दा एक दिन पर सर्‍यो

सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गराएपछि संशोधन प्रस्तावसहित विधेयकमाथि दफावार छलफल अघि बढ्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १५:४४

५ फागुन, काठमाडौं । नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सांसदहरूलाई समय खुला भएको छ ।

सरकारले ल्याएको विधेयकमाथि आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची आइतबारकै लागि तय भएको थियो ।

तर, गणपुरक संख्या नपुगेर स्थगित भएको थियो । आइतबार प्रतिनिधिसभामा २२० जना सांसदले हाजिर गरेका थिए । तर, विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा जम्मा ६८ जना उपस्थित थिए ।

१५२ जना सांसद हाजिर गरेर टाप कस्दा आइतबार पारित हुन नसकेको प्रस्ताव सोमबार सभाले पारित गरेको हो ।

सोमबार सभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । यो सँगै अब सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्छन् ।

सांसदहरूको संशोधन प्रस्तावसहित विधेयकमाथि दफावार छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?