+
+
Shares

पशुपतिको निर्देशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुने

विजय बराल निर्माता

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १६:३५

काठमाडौं । मण्डला थिएटरले घोषणा गरेका ७ मध्ये पाँचौ नयाँ नाटकको घोषणा भएको छ । ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ नाम राखिएको यो नाटकको मञ्चन शुक्रबारदेखि हुने जनाइएको छ ।

पशुपति राईले निर्देशन गर्ने नाटकलाई विजय बरालले निर्माण गर्न लागेका हुन् । लोककथाबाट प्रभावित भएर मिल्सन राईले लेखेको नाटकले माझ किराँतको मुन्दुम र श्रुति परम्पराबाट आएको कथालाई पेश गर्छ ।

मातृसत्तात्मक समाजमा पितृसत्तात्मक व्यवहार कसरी सुस्तरी प्रवेश गर्‍यो र यसले व्यवहारगत रुपमा कसरी आफ्नो विचार हावी गरायो भन्ने कथासार प्रस्तुत गर्ने मण्डलाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

निर्देशक राईले लोककथालाई आफ्नो संश्लेषणसहित नाटकमा पुनःसिर्जना गरेको बताइन् । बराल चाहिँ नाजिर हुसेनको लेखन निर्देशनको नाटक ‘हरि बजुरबा’मा प्रमुख पात्रका रुपमा थिए ।

‘अभिनयसँगै मञ्चमा त आइरहेको नै छु, साथै रङ्गमञ्चका सुन्दर सिर्जनामा निर्माताका रुपमा सिर्जनात्मक र प्राविधिक जिम्मेवारी पनि लिइरहेको नै हुँ, यसपटक देखिने गरी लेम्लेम्मा छु । यसलाई साथ दिनुहुन सम्पूर्णलाई आग्रह गर्दछु’ उनले भने ।

नाटकमा ठिल्ने ल्हमो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको अभिनय हुनेछ । यसलाई रोशनी स्याङ्बोले सह-निर्देशन गर्नेछिन् । नाटक चैत ३ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ बजे मण्डला नाटकघर थापागाउँमा नियमित मञ्चन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?