+
+
Shares

प्रकृति लम्साल मृत्यु प्रकरण : सरकारले कूटनीतिक तवरले काम गरिरहेको प्रधानमन्त्रीको भनाई

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १६:४८

५ फागुन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जाल, संसद र आम नागरिकले केआईआईटी अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा छानबिनको माग गरिररहँदा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

यसअघि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले कूटनीतिक पहल मार्फत छानबिन गर्न माग गरेको थियो ।

ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीहरुमाथि कलेज प्रशासनले दमन गर्दै निकालिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?