+
+
Shares

मिस नेवाः ११४५ को उपाधि ललितपुरकी प्रलिशा शाक्यलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १६:५६

काठमाडौं । ललितपुरकी प्रलिशा शाक्यले ‘मिस नेवाः ११४५’ को उपाधि जितेकी छिन् । १९ फाइनलिस्टलाई उछिन्दै उनले उपाधि जितेकी हुन् । जितसँगै उनले नगद १ लाख रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरिन् ।

नाथम कलेजबाट पर्यटन विषयमा स्नातक उत्तिर्ण प्रलिशा पर्यटन व्यवसायसँग सम्बन्धित छिन् । रोचक कुरा के छ भने, नेप्लीज फेसन होमले सन् २०१३ मा आयोजना गरेको मिस लिटिल नेवाः ११३३ मा पनि प्रलिशाले मुख्य उपाधि नै जितेकी थिइन् । प्रतियोगितामा उनले बेस्ट नेपाल भाषाको टाइटल अवार्डसमेत जित्न सफल रहिन् । नैकापकी लुनिभा मानन्धर फस्ट रनरअप घोषित भइन् । चमतीकी लुमना महर्जनले सेकेण्ड रनरअपको उपाधि जितिन् ।

जितसँगै उपविजेता र सहविजेताले क्रमशः २५ हजार रुपैयाँ तथा १५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरे । श्रद्धा महर्जनले मिस ट्यालेन्ट र सोसल वेलफेयर सेकेण्ड रनर्सअपको उपाधि जितिन् । अनुश्री शाक्यले मिस ट्यालेन्ट फस्ट रनर्सअप र श्रीया मानन्धरले मिस ट्यालेन्ट सेकेण्ड रनर्सअपको उपाधि जितिन् ।

रोनिशा महर्जनले सोसल वेलफेयर एम्बासडर चिफको उपाधि जितिन् । डिबिना डंगोलले सोसल वेलफेयर एम्बासडर फस्ट रनर्सअपको उपाधि जितिन् । प्रसिद्धी शाक्यले मिस डिसिप्लिनको उपाधि जितिन् भने अल्पा महर्जनले मिस पब्लिक च्वाइसको अवार्ड जितिन् ।

प्राश्ना श्रेष्ठले बेस्ट ड्रेस, रितिशा बज्राचार्यले मिस कल्चर, संस्कृति श्रेष्ठले मिस कन्फिडेन्ट, सुभेच्छा श्रेष्ठले मिस पर्सनालिटी, रिम्षा श्रेष्ठले बेस्ट हेयर, रमुना बज्राचार्यले बेस्ट स्किन, कुन्ता श्रेष्ठले मिस फोटोजेनिक, अनुषा बज्राचार्यले बेस्ट स्माइल, सुवास्ना श्रेष्ठले मिस चार्मिङ, रुजी शाक्यले मिस फ्रेण्डसिपको उपाधि जित्न सफल भए ।

सरस्वती मल्टिपल क्याम्पसका प्रमुख दिव्या लक्ष्मी बज्राचार्य मुख्य निर्णायकको रुपमा रहेकी थिइन् । लक्ष्मण महर्जन, मणिश्री रत्न बज्राचार्य, अजरमान जोशी, जीवेश्वरलाल श्रेष्ठ, अनिल स्थापित, शिक्षिता श्रेष्ठ र मिस नेवाः नेपा ११३४ की विजेता एलिशा बज्राचार्य निर्णायक सदस्य थिए ।

आयोजक संस्थाकी हेमा मानन्धरले यो प्रतियोगिता ब्यूटी कन्टेस्ट मात्र नभएर नेवारी समुदायको कला र संस्कृति जोगाउने अभियानसमेत रहेको बताइन् । प्राडा बिमला शाक्यको सभापतित्वमा आयोजना गरिएको प्रतियोगितामा पूर्वअर्थमन्त्री पशुपति शमसेर जबरा प्रमुख अतिथिको रुपमा थिए । उप्रेती समाज सेवा समितिका अध्यक्ष सोबित उप्रेती र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई नगद ५० हजार रुपैयाँसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?