+
+
Shares

अध्ययनको खुलासाः साइकल चढ्ने कर्मचारी कम बिरामी हुन्छन्

निष्क्रिय यात्रीहरूको तुलनामा सक्रिय यात्रीहरूमा बिरामी बिदा लिने दिन ८-१८ प्रतिशतले कम भेटिएको अध्ययनको निष्कर्षमा उल्लेख गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १७:१०

५ फागुनकाठमाडौं । एउटा नयाँ अध्ययनले काममा आउन-जान साइकल प्रयोग गर्ने कर्मचारीहरूले कम बिरामी बिदा लिने गरेको देखाएको छ ।

बिरामीको कारण देखाएर लामो समयसम्म अनुपस्थित हुने जोखिम यस्ता कर्मचारीमा कम रहेको अध्ययनले देखाएको हो ।

फिनल्यान्डको अध्ययन

फिनिश इन्स्टिच्युट अफ अकुपेशनल हेल्थको टोलीले नेतृत्व गरेको यस अध्ययनले एक वर्षभरि २८ हजारभन्दा बढी नगरपालिकामा कार्यरत कर्मचारीहरूको तथ्याङ्क विश्लेषण गरिएको थियो।

यसमा पैदल वा साइकलमा यात्रा गर्नेहरूले असाध्यै कम मात्र बिरामी बिदा लिएको भेटियो भने कार वा सार्वजनिक यातायातमा यात्रा गर्नेहरू भने धेरै बिरामी बिदा लिएका थिए । शारीरिक व्यायाम हुने माध्यमबाट कार्यालय आवतजावत गर्ने कर्मचारी कम बिरामी हुने निष्कर्ष अध्ययनले निकालेको हो ।  

सबैभन्दा सक्रिय यात्रुहरूले साप्ताहिक रूपमा ३० किलोमिटरभन्दा बढी र औसतमा प्रति हप्ता ६१ किलोमिटर यात्रा गर्थे। यस समूहमा एकतर्फी यात्राको औसत ९.४ किलोमिटर थियोजसमा प्रायः साइकलबाट यात्रा गरिएको थियो।

अध्ययनले अरू के देखायो ?

निष्क्रिय यात्रीहरूको तुलनामा सक्रिय यात्रीहरूमा बिरामी बिदा लिने दिन ८-१८ प्रतिशतले कम लिएको भेटिएको अध्ययनको निष्कर्षमा उल्लेख गरिएको छ ।

सक्रिय यात्रा गर्दा स्वास्थ्य र वातावरणीय लाभ हुने यसअघिका अनुसन्धानहरूले पनि देखाएका थिए । तर उनीहरूले बिदा लिने क्रम कम भएको भने देखिएको थिएन ।  

अध्ययनका प्रमुख लेखक र फिनिश इन्स्टिट्यूट अफ अकुपेशनल हेल्थ र पूर्वी फिनल्याण्ड विश्वविद्यालयका पीएचडी शोधकर्ता एस्सी काल्लियोलाहतीले नियमित रूपमा साइकलबाट यात्रा गर्दा कार्यालयमा लामो समयसम्म बिरामी बिदा लिनुनपर्ने अवस्था देखिएको बताए ।  

साइकल वा पैदल यात्राले इन्धनको कम उत्सर्जन हुने र यसबाट वातावरणीय लाभ पनि प्राप्त हुने उनले बताए ।  

पैदलभन्दा साइकल बढी प्रभावकारी
अनुसन्धानकर्ताहरूले पैदल हिंड्ने भन्दा पनि साइकलबाट यात्रा गर्नेहरू अझ कम बिरामी हुने देखिएको निष्कर्ष निकालेका छन् ।  

यद्यपि यस्तो निष्कर्ष लामो दूरीमा साइकल यात्रा गर्नेहरूमा मात्र लागु हुने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

पैदल यात्रीहरूले साइकलयात्रीभन्दा कम दूरी तय गर्ने र हिंड्ने तीव्रता सीमित हुन सक्छ,’ उनीहरूले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?