+
+
Shares

प्रहरीले खरिद गर्‍यो एआई आधारित इन्टेलिजेन्स टुल्स, अपराध अनुसन्धानमा सहज हुने अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १७:०१

५ फागुन, काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा पहिलो पटक एआई आधारित इन्टेलिजेन्स टुल्स खरिद गरेको छ ।

‘एआई बेस्ड बिजनेस इन्टेलिजेन्स टुल्स’ लाई प्रहरीको अपराध अनुसन्धान विभागले प्रयोगमा ल्याउने तयारी गरेको छ । विभागका प्रमुख तथा एआईजी कुवेर कडायतले एआई बेस्ड बिजनेस इन्टेलिजेन्स टुल्स खरिद भइसकेकाले प्रयोगकको अन्तिम चरणमा रहेको बताए ।

उनका अनुसार करोड बढी लागतमा एआईजी बेस्ड इन्टेलिजेन्स टुल्स खरिद गरिएको हो । भारतबाट खरिद गरिएको उक्त प्रविधि सञ्चालनबारे १५ प्रहरीलाई तालिम समेत दिइएको छ ।

भारतको पुणेमा १५ प्रहरीलाई यसबारे तालिम दिइएको इन्जिनियरतर्फका प्राविधिक डीआईजी अरुण भण्डारीले बताए । ‘एक पटकमा ७ जना र अर्को पटकमा ८ जना गरी १५ जनालाई भारत पठाएर तालिम समेत दिइसकेका छौं’ डीआईजी भण्डारीले भने, ‘अब यो प्रविधि सञ्चालनको अन्तिम तयारीमा छ ।’

यो प्रविधि सञ्चालनमा आएसँगै एनालाइटिकल्स टुल्सको प्रयोगबाट अपराध अनुसधानमा सहजता आउने बताइएको छ । यसमा भएका डेटाहरुले आगामी दिनमा आउनसक्ने अपराधका चुनौती र ध्यान दिनुपर्ने विषयहरुबारे पेडिक्सन गर्नसक्ने डीआईजी भन्डारीको भनाइ छ ।

‘यसले अपराधका डाटाहरुको एनालाइसिस गर्छ र आगामी दिनमा ध्यान दिनुपर्ने विषयहरु सुझाउनुका साथै चुनौतीका विषयमा पनि प्रेडिक्सन गर्छ’ इन्जिनियर डीआईजी भण्डारी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?