+
+
Shares

हलेसीमा आगो लाग्दा खोटाङ सीडीओविहीन

मकवानपुर र ओखलढुंगामा पनि छैनन् सीडीओ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १७:०६

५ फागुन, काठमाडौं । तीन जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) विहीन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय खोटाङ, ओखलढुंगा र मकवानपुर गरी तीन जिल्ला सीडीओविहीन बनेका हुन् । आइतबार खोटाङको हलेसी बजारमा आगलागी हुँदा खोटाङ सीडीओविहीन थियो । विपद्को बेलामा सीडीओविहीन हुँदा नियन्त्रणमा समेत समस्या भएको थियो ।

करिब दुई साताअघि खोटाङका सीडीओ उमेरहदका कारण अवकाश भएपछि गृहमन्त्रालयले अहिलेसम्म कसैलाई पनि सीडीओ बनाएर खोटाङ पठाएको छैन ।

खोटाङकै छिमेकी जिल्ला ओखलढुंगा करिब डेढ महिनादेखि सीडीओविहीन छ । १६ पुसमा नारायण ढकालले अवकाश पाएपछि ओखलढुंगा पनि सीडीओविहीन बनेको छ । तर अहिलेसम्म गृह मन्त्रालयले सीडीओ पठाएको छैन ।

मकवानपुर पनि २ फागुनदेखि सीडीओविहीन बनेको छ । मकवानपुरका सीडीओ तिर्थराज चिलुवालको अर्थ मन्त्रालयमा सरुवा भएपछि मकवानपुर सीडीओविहीन भएको छ ।

हिउँदमा मुख्यगरी आगलागीका घटनाहरू हुने हुँदा विपद्को दृष्टिले निकै संवेदनशील मानिन्छ । तर गृहले अहिलेसम्म सीडीओको रुपमा कसैलाई पनि पठाएको छैन । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी जतिसक्दो चाँडो सीडीओ पठाउने तयारीमा मन्त्रालय रहेको बताउँछन् ।

गृहमा भने सहसचिवहरू जिम्मेवारविहीन भएर फुर्सदमा बस्दा समेत सीडीओको रुपमा कसैलाई पठाइएको छैन । ठूला र आकर्षक जिल्लामा सीडीओ  बनेर जानेहरु मरिहत्ते गर्छन् ।

तर अहिले खाली रहेका साना पहाडी जिल्लाहरू भएकाले जान इच्छुक पनि नदेखाउने हुँदा यो समस्या आएको गृह स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?