
काठमाडौं । गायक अनिल अधिकारीको नयाँ म्युजिक भिडियो ‘साँझको बतास’ले सार्वजनिक भएको छ । गीतमा उनको आफ्नै शब्द, संगीत र स्वर समावेश छ ।
मेलोडी शैलीको उक्त गीतमा मायाप्रेमको भाव झल्किने गरि शब्द र संगीत बुनिएको छ । पारिवारिक बाध्यतापछि श्रीमती वैदेशिक रोजगारीमा जानु परेपछि छोरी र घर व्यवहार हेर्नुपर्ने बाबुको कथालाई उतारिएको छ ।
‘हाम्रो देशका वर्षेनी हजारौं मान्छेहरू उज्वल भविष्यको लागि वैदेशिक रोजगारीमा गैरहेका छन् । तीमध्ये कतिपय विदेशमा नै दुर्घटनामा परि अपांग हुनुपरेको छ भने मानसिक समस्या भोग्नुपरेको छ’ गीतबारे संगीतकार अधिकारीले भने ।
गहन कथावस्तु र प्रस्तुतिकरणले गीतले दर्शकीय हृदय स्पर्श गर्नसक्छ । गीतमा केकी अधिकारी, उत्सव सापकोटा, श्रृषा कुँवर, सन्तोष घिमिरे र बालकलाकार अनाया पराजुलीले अभिनय गरेका छन् । मनस्वी मालाकारले संगीत संयोजन गरेका छन् भने भिडियोको छायांकन र सम्पादन सौरभ लामिछाने र कथा निर्देशन अनिल अधिकारीले गरेका छन् ।
यो गीत संगीतका सबै प्लाटफर्ममा उपलब्ध रहेको जनाइएको छ ।
प्रतिक्रिया 4