+
+
Shares

पोखरामा डीएनए प्रयोगशाला राख्ने प्रहरीको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १७:३४

५ फागुन, काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख तथा एआईजी कुवेर कडायतले अहिलेको चापलाई मध्यनजर गर्दै प्रयोगशाला बिस्तार गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशाला बिस्तार गर्ने योजनाअनुसार पोखरामा काम अघि बढाइएको उनले बताए । यसका लागि उपकरण खरिद गर्ने प्रक्रिया समेत खघि बढाउन लागिएको कडायतले बताए ।

डीएनए प्रयोगशालाका साथै डिजिटल फरेन्सिक ल्याब (डीएफएल) लाई समेत प्रदेश स्तरमा लैजाने योजनामा विभाग रहेको उनले बताए ।

त्यसैगरी विश्वविद्यालयहरुसँग समन्वय गरेर अपराध नियन्त्रण र अनुसन्धानको सम्बन्धमा अध्ययनरत विद्यार्थी सोधकर्ताहरुबाट रिसर्च गराउने गरी विभागले सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?