+
+
Shares

अब इन्स्टाग्राम प्रयोगकर्ताले गर्न सक्नेछन् डिसलाइक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १७:४९

काठमाडौं। कसैले इन्स्टाग्राममा गरेको पोस्ट मन परेमा त्यसमा मुटुको चिन्हमा थिचेर लाइक गर्न सकिन्छ । तर मन नपरेको कुरा कसरी प्रकट गर्ने ?

सायद सोसल मिडिया प्रयोगकर्ताहरुको यो साझा सबाल तथा बहुप्रतिक्षित फिचर हो । प्रयोगकर्ताको यहीँ मागलाई लोकप्रिय सोसल साइट इन्स्टाग्रामले पूरा गरिदिँदैछ।

समाचार अनुसार इन्स्टाग्रामले आफ्नो प्लाटफर्ममा डिसलाइक बटन थप गरेको छ । योसँगै अब कसैले गरेका पोस्ट वा कमेन्ट मन नपरेमा डिसलाइक बटन थिचेर त्यसप्रति आफ्नो असहमति वा मन नपरेको कुरा प्रकट गर्न सकिनेछ । इन्स्टाग्रामको डिसलाइक बटन केही सीमित प्रयोगकर्तामाझ परीक्षणका रुपमा सुरु गरिसकिएको छ ।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले थ्रेड्समा एउटा पोस्ट गर्दै त्यसको पुष्टि गरेका छन् । उनका अनुसार अब छिटै नै इनस्टाग्राम पोस्ट तथा रील्स दुबैको कमेन्ट खण्डमा डिसलाइक बटनको विकल्प जोडिनेछ ।

यद्यपि यसले युट्युबको डिसलाइक फिचरजस्तै काम गर्नेछ । अर्थात् कुनै इन्स्टाग्राम पोस्टमा कतिजनाले डिसलाइक गरे र कसले डिसलाइक गरेको हो भन्ने देखिने छैन।

इन्स्टाग्रामको यो नयाँ डिसलाइक बटनले यस प्लाटफर्मलाई अधिक अन्तरक्रियात्मक तथा प्रयोगकर्तामैत्री बनाउन सहयोग गर्नेछ । इन्स्टाग्राम प्रमुख मोसेरीका अनुसार यो फिचरले प्रयोगकर्तालाई कुनै नकारात्मकता विना नै प्रयोगकर्तालाई यो कुरा बताउने मौका दिनेछ कि उसलाई कुनै पोस्ट वा कमेन्ट मन परेको छैन । यसले प्लाटफर्ममा स्वस्थ सम्वादलाई बढावा मिल्ने र अनावश्यक ट्रोलिंगमा पनि अंकुश लाग्नसक्ने अपेक्षा गरिएको छ ।

इन्स्टाग्रामका प्रवक्ता क्रिस्टिन पाइले द भर्जलाई बताए अनुसार यो फिचर अहिले परीक्षणको चरणमा रहेको छ र केही प्रयोगकर्ताले यो फिचरमा पहुँच प्राप्त गरेका छन् । यद्यपि कहिलेसम्म डिसलाइक बटन सबै प्रयोगकर्तामाझ पुग्छ भन्ने विषयमा उनले केहीपनि बताएका छैनन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?