+
+
Shares

भारतीय कलेजको तर्क : नेपाली विद्यार्थीले तनाव दिए, त्यसकारण घर जान सल्लाह दियौं

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १८:३३

५  फागुन काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी-टेक पढिरहेकी नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि कलेजले घटनाको ढाकछोप गर्न खोजेको छ ।

छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसअघि उनले निरन्तर भोगिरहेको दुर्व्यवहारबारे केआईआईटीले विज्ञप्ति जारी गरेर भनेको छ, ‘ हाम्रो प्रशासनले नेपाली विद्यार्थीको मृत्युको घटनालाई लिएर १० घण्टादेखि शान्तिपूर्वक धेरै पटक परामर्श गर्न खोज्यो, शान्तिपुर्वक सम्झाउन खोज्यो । तर नेपाली विद्यार्थीहरूले कानुनलाई उल्लंघन गर्दै कलेजमा तनाव सिर्जना खोजे। उनीहरूले सार्वजनिक सडकमा पनि १ घण्टा अवरूद्ध गरेर थप तनाव दिए ।’

यतिमात्रै होइन कलेजले मृत्युको घटनालाई सहज र पूर्वाग्रहरहीत तरिकाले अनुसन्धानलाई निरन्तरता दिन नेपाली विद्यार्थीलाई घर जान सल्लाह दिएको बताएको छ । ‘ घटनाको बारेमा निष्पक्ष भएर छानबिन नहुँदासम्मका लागि हामीले नेपाली विद्यार्थीलाई तत्काल स्थानीयहरूको सहयोगमा घर जान सल्लाह दिएका हौं।’

यसका साथै कलेजले विद्यार्थीहरूको एकेडेमिक कक्षा चाँडै सञ्चालन हुने र यसमा विशेष ध्यान दिइने पनि बताएको छ । यसका लागि कलेजले होस्टेलमा बसेका र अस्थायी रुपमा निकालिएका विद्यार्थीहरूको निलम्बन फिर्ता लिएको जनाएको छ ।

‘कलेजले चाँडै विद्यार्थीहरूको कक्षा सञ्चालन गर्नेछ र होस्टेलबाट निकालिएका विद्यार्थीहरूको निलम्बन फिर्ता गरिएको छ । यसअघि गरिएको कारबाही केवल शान्ति र न्यायका लागि लिइएको थियो ।’

हेर्नुहोस् कलेजले निकालेको विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?