+
+
Shares

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १८:५६

५ फागुन, काठमाडौं । कुमारी बैंक लिमिटेड र भक्तपुरस्थित सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच ग्राहकलाई छट दिने सम्बन्धी सम्झौता भएको छ ।

सूर्यविनायक–१० मिलनचोकमा रहेको उक्त हस्पिटलमा कुमारी बैंकका ग्राहकलाई विभिन्न विभिन्न सेवामा विशेष छुट प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार सूर्यविनायक मिसन हस्पिटलमा प्रयोगशाला परीक्षण, एक्सरे, यूसीजी तथा ओपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

कुमारी बैंकले २३ वर्षदेखि वित्तीय साक्षरता प्रवद्र्धन गर्दै हाल ३ सय २ शाखा, ३ सय १६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखा रहित इकाइ मार्फत सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?