
५ फागुन, काठमाडौं। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रकृति लम्साललाई न्याय माग्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।
सोमबार साँझ लैनचौरस्थित भारतीय दूतावास अगाडि अनेरास्ववियुले प्रकृति लम्साललाई न्याय माग्दै प्रदर्शन गरेको हो ।
उनीहरूले ‘प्रकृति लम्सालको मृत्युको छानबिन गर, गोरखाले न्याय अन्याय सह्न सक्दैन, मानवताविरवधी गतिविधि बन्द गर, अबिलम्ब कूटनैतिक सम्बाद सुरू गर’ लगायतका पम्प्लेट र नारा लगाएका थिए ।
यसअघि अनेरास्ववियुले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणको छानबिन गर्न माग गरेको थियो ।
ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । तर, कलेजले मृत्युको घटनालाई ढाछोप गर्न नेपाली विद्यार्थीलाई निकालिदिएको थियो भने उनीहरूमाथि कुटपिट पनि गरेको थियो ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4