+
+
Shares

गुल्मीमा एकजना पुरुष मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १९:००

५ फागुन, गुल्मी । गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । कालिगण्डकी गाउँपालिका वडानम्बर– ४ जोखुम बस्ने ३२ वर्षका ओमबहादुर राना मृत फेला परेको प्रहरीले जनाएको छ ।

राना आइतबार साँझ घरमा कसैलाई जानकारी नगराई हिँडेका थिए । उनी भुतेगैरा भन्ने स्थानको खोल्सामा घोप्टो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।

घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक कपिल शाहीको कमाण्डमा टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?