+
+
Shares

नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा परराष्ट्रमन्त्रीले भनिन्- कूटनीतिक पहल गरेका छौं

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १९:३१

५ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा कूटनीतिक पहल सुरु भइसकेको बताएकी छिन् ।

बी–टेक पढिरहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि सो कलेजमा अध्ययनरत अन्य विद्यार्थीलाई पनि कलेजले दमन गरेको थियो ।

सोबारे वास्तविकता बुझ्न र नेपाली विद्यार्थीलाई परेको समस्या समाधानमा तत्परता लिन दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्मालाई निर्देशन दिएको पनि परराष्ट्रमन्त्री राणाले बताएकी छिन् ।

‘…हामीले तत्कालै यस विषयलाई गम्भीर रुपमा लिएर कूटनीतिक पहल सुरु गरिसकेका छौँ । यो घटनाका सन्दर्भमा मैले आज बिहानैदेखि सम्वन्धित निकायमा सम्पर्कमा रहेकी छु,’ परराष्ट्रमन्त्री राणाले भनेकी छिन् ।

आजै अपराह्न उनले नेपालका लागि भारतीय राजदूत श्री नविन श्रीवास्तवसँग पनि कुरा गरेको जानकारी गराएकी छिन् ।

‘उहाँ (नविन श्रीवास्तव) ले पनि नेपाली विद्यार्थीहरुको सुरक्षाका लागि आफूले आवश्यक पहल र समन्वय गरिहेको जानकारी दिनुभएको छ,’ परराष्ट्रमन्त्री राणाले भनेकी छिन्, ‘यस विषयमा परराष्ट्र मन्त्रालयले पहल गरिरहेको छ र पछिल्लो अवस्थाका बारेमा जानकारी गराउने नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?