
५ फागुन, काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रिज प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । पीभीसी पाइप उत्पादनमा विशेषज्ञता हासिल गरेको प्रमाणका आधारमा डल्फिनलाई उक्त प्रमाणपत्र प्रदान गरिएको हो ।
डल्फिन पोलिप्लास्टले गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख लक्ष्य मानेर काम गर्दै आएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार डल्फिनलाई दिइएको नेपाल गुणस्तर प्रमाणपत्रले उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड पालना भएको पुष्टि गर्छ ।
कम्पनीका प्रमुख उत्पादनमा सीपीभीसी पाइप, सीपीभीसी फिटिङ, यूपीभीसी पाइप, यूपीभीसी फिटिङ, भूमिगत पाइप र बोरवेल पाइप छन् ।
यी उत्पादन आवासीय, व्यावसायिक, अस्पताल, होटल र सिँचाइ लगायत क्षेत्रमा प्रयोग हुँदै आइरहेका छन् ।
डल्फिन पोलिप्लास्टले स्थापनाकालदेखि नै ग्राहक विश्वास र सन्तुष्टि सुदृढ बनाउन निरन्तर प्रयासरत रहेको जनाएको छ । कम्पनीको कारखाना मोरङ ग्रामथान–२ र रजिस्टर्ड कार्यालय विराटनगर–५ मा छ ।
प्रतिक्रिया 4