
५ फागुन, काठमाडौं । सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयक र प्रेस काउन्सिल नेपालबाट भएको प्रतिशोधपूर्ण व्यवहार विरुद्ध आन्दोलन गर्दै आएको श्रमजीवी पत्रकार संघ नेपालले २ सय ७५ सांसदलाई सदनमा आवाज उठाउन मोबाइलमा सन्देश पठाएको छ ।
संघले सोमबार सांसदहरुलाई पठाएको सन्देशमा भनिएको छ, ‘माननीय ज्यू नमस्ते, सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी बुँदा हटाउन, सरकारी सञ्चार निकायहरु प्रभावकारी बनाउन र श्रमजीवी–पत्रकारको पारिश्रमिक वृद्धिका लागि सदनमा आवाज उठाईदिनु हुन अनुरोध गर्दछौं ।’
सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकमा उल्लेखित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी बुँदा हटाउन, सरकारी सञ्चार निकायहरु प्रभावकारी बनाउन र श्रमजीवी–पत्रकारको पारिश्रमिक वृद्धिका लागि पहल गर्न आग्रहसहितको उक्त सन्देश जिल्लाबाट प्रदेश सांसदहरूलाई पनि मोवाइलबाट पठाइएको संघका अध्यक्ष जन्मदेव जैसीले बताए ।
पछिल्लो समय सरकरा मिडिया प्रति झन् झन अनुदार बन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै आएपछि आन्दोलनको कार्यक्रम घोषणा गरेको संघले गत शुक्रबार जिल्लाका
सिडियोहरुमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि सभामुख र विषयगत समितिलाई ध्यानाकर्षण पत्र पनि बुझाएको थियो ।
त्यस्तै फागुन ८ गते विहिबार सञ्चारग्राममा भएको सबै सञ्चार संस्था घेराऊ गर्ने, फागुन ११ गते आइतबार सिंहदरबारको दक्षिणढोका नजिकै हनुमानस्थानमा प्रदर्शन लगायत घोषित कार्यक्रम गर्ने संघले जनाएको छ ।
मिडियालाई पारदर्शी, मर्यादित, विश्वसनीय, आत्मनिर्भर अनि श्रमको मूल्यका लागि सरकारले उल्टो भूमिका खेलिरहेकोमा आपत्ति जनाउँदै संघले ०७४ सालदेखि पत्रकार एवं श्रमिक सञ्चारकर्मीहरूको पारिश्रमिक नबढेकोमा असन्तुष्टि जनाएको छ ।
नागरिकका आवाजलाई कानुनका माध्यमबाट फौजदारीकरण गर्ने र चर्को आर्थिक दण्डसहित जेल हाल्ने बुँदाहरू विधेयकमा राखेर शासकको तजबिजमा नागरिकको अभिव्यक्तिलाई ठिक वा बेठिक भनी निक्र्योल गरेर अभियोजन अगाडि बढाउने खोजेको आरोप लगाएको छ ।
संघले ‘नागरिकको आवाज दबाउने र सञ्चार माध्यमलाई नियन्त्रण गर्ने र नियतका साथ आएको विधेयकविरुद्ध हाम्रो संगठनले चरणबद्ध दबाबमुलक अभियान चलाएको छ ।
प्रतिक्रिया 4