+
+
Shares

मित्रताको महत्व दर्शाउने फिल्म ‘तीनतारा’को छायांकन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते २१:०५

काठमाडौँ । माउण्टेन र्‍याट्स मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म ‘तीनतारा’को छायांकन सम्पन्न भएको छ । मोरङ र सुनसरीका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा १५ वर्षपछि भेटिएका साथीहरूको जीवन, सम्बन्ध र परिवर्तनको कथा देखाइने भएको छ ।

जीवन दाहालको डेब्यु निर्देशन रहेको फिल्ममा घनश्याम जोशी, उत्तम पाण्डे, दीपेन्द्र शाही, रुपेश तामाङ, अशोक गौतम, नवीनचन्द्र अर्याल, सविन भट्टराई, भरत कार्की, सुष्मा निरौला लगायतको अभिनय छ ।

निर्देशक दाहाल आफैँले लेखेको कथाले मित्रताको महत्व, जीवनका उतारचढाव र समयले ल्याउने परिवर्तनलाई सुक्ष्म रूपमा प्रस्तुत गरेको छ । फोटोग्राफी निर्देशन अतुल आनन्द र छायाँकार पवन सिग्देल रहेको फिल्मको पोस्ट–प्रोडक्सनको काम आरपी प्रोडक्सन्सले गर्ने जनाइएको छ । प्रदर्शन मिति चाँडै घोषणा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?