+

केपी ओली कप फुटबलमा ९ टिम प्रतिस्पर्धा गर्ने

२०८१ फागुन  ६ गते १०:४१ २०८१ फागुन ६ गते १०:४१
केपी ओली कप फुटबलमा ९ टिम प्रतिस्पर्धा गर्ने

६ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

दुई विदेशीसहित ९ टोलीले तेस्रो संस्करणको प्रतियोगिता खेल्ने आयोजक राष्ट्रिय युवा संघले जनाएको छ । प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौं र ललितपुरमा हुँदैछ ।

प्रतियोगितामा आहारारा पोखरा गोल्डकपको उपाधि जितेको उज्वेकिस्तानको ब्ल्याक बुल्स र भुटानको ट्रान्सपोर्ट युनाइटेड विदेशी टिमको रुपमा छन् । यस्तै नेपालबाट तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपीएफ एफसीसँगै मच्छिन्द्र एफसी, न्युरोड टिम (एनआरटी) र संकटा एफसीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकको टिम केपी एफसी पनि सहभागि हुनेछ ।

प्रतियोगिताको टाई सिट केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

ए डिभिजनका अन्य क्लबसँगै अन्य विदेशी टोलीको पनि सहभागिताको चर्चा भएपनि अन्तिममा ९ टिमले मात्र खेल्ने भएको हो । यसअघि प्रतियोगिताको मिति सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा आयोजकले १० टोली सहभागि हुने बताएको थियो ।

प्रतियोगिताको क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र सेमिफाइल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।  यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

मछिन्द्रले यसअघि भएको दुवै संस्कणको उपाधि जितेको थियो ।

केपी ओली कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय