+
+
Shares

फल्यो धेरै धान, उत्पादन वृद्धि कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते ७:२९

६ फागुन, काठमाडौं । यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा धानको उत्पादन ४.४ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष धानको उत्पादन ४.३ प्रतिशतले बढेको थियो । यस्तो तथ्यांक २७ माघमा राष्ट्रिय सभामा प्रस्तुत भएको हो ।

प्रस्तुत तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधिमा उद्योगको औसत क्षमता उपयोग ४८.३३ प्रतिशत रहेको थियो । बैंकिङ क्षेत्रको तरलतामा देखिएको सुधार, घट्दो व्याजदर, अन्तर्राष्ट्रिय बजारमा तेल तथा अन्य कच्चा पदार्थको मूल्यमा कायम रहेको स्थिरता लगायतका कारण उद्योग सञ्चालनमा केही सुधार आउने अनुमान रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फितिलाई ५.५ प्रतिशतको सीमाभित्र राख्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्ष्य रहेकोमा समीक्षा अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित औसत मुद्रास्फिति ४.९७ प्रतिशत कायम रहेको छ ।

समीक्षा अवधिमा वृहत् मुद्रा प्रदाय ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा उक्त मुद्रा प्रदाय ६.५ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुष मसान्तमा विस्तृत मुद्रा प्रदाय १०.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु. २ खर्ब ६५ अर्ब ५६ करोड अर्थात् ५.२ प्रतिशतले बढेर रु. ५३ खर्ब ३९ अर्ब ५२ करोड पुगेको छ ।

समीक्षा अवधिमा कूल आन्तरिक कर्जा १.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०८० पुष मसान्तसम्म यस्तो कर्जा ४.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रु. २ खर्ब ३९ अर्व ६ करोड अर्थात् ३.७ प्रतिशतले बढेर रु. ६६ खर्व ९१ अर्ब ४४ करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?