
६ फागुन, काठमाडौं । संसदको सार्वजनिक लेखा समिति सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रवर्द्धन गर्न लेखा समितिले सहयोग गर्ने बताएका छन् ।
लेखा समितिका कारण जलविद्युत् आईपीओ रोकिएको विषयमा वादविवाद भन्दा समाधान गर्नतिर लाग्नुपर्ने उनको भनाइ छ । लेखा समितिले निर्णय गरेको विषयमा पुनः छलफल गरी समाधान गर्न सकिने उनले निजी क्षेत्रलाई ढाडस दिए ।
‘व्यवसायीले लेखा समितिको निर्यणबारे छलफल गर्नुपर्नेमा देखाइदिनका लागि अर्थ समितिमा पुगेको देखिन्छ,’ सभापति पोखरेलले भने, ‘समितिमा निवेदन दिएपछि छलफल गर्नुपर्छ ।’
डुबेका कम्पनीले पनि आईपीओ जारी गरिरहेको अवस्था रहेको उनले बताए । सबै कम्पनीलाई एउटै डालोमा हाल्न नमिले पनि विभिन्न ट्रेन्ड अध्ययन गरी निर्णय गएिको उनको दाबी छ ।
‘हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भनी निर्णय गरेका हौं,’ पोखरेलले भने, ‘स्थानीयलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो वा नाफाको प्रतिशत बाँडेको स्पष्ट हुनुपर्छ ।’
प्रतिक्रिया 4