
६ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत् कम्पनीहरूको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) नरोक्न आग्रह गरेका छन् ।
सर्वसाधारणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव भएको भन्दै घिसिङले आईपीओ नरोक्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तर्क्रियामा घिसिङले आईपीओमा लगानी गर्दा जोखिम देखिए पनि नियमन गरी खोल्नुपर्ने बताए ।
विद्युत् प्राधिकरणले १२ हजार मेगावाटसम्मको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको उनले जानकारी दिए । हाल ३ हजार ५ सय मेगावाटका आयोजना सञ्चालन भए पनि हिउँदमा १ हजार १ सय मेगावाट मात्रै उत्पादन भइरहेको उनको भनाइ छ ।
घिसिङले विद्युत् उत्पादन २८ हजार ५ सय मेगावाट पुर्याउने गरी प्राधिकरण अझै पीपीए खोल्ने पक्षमा रहेको बताए ।
प्रतिक्रिया 4