
६ फागुन, काठमाडौं । विद्युत नियमन आयोग अध्यक्ष डा. रामप्रसाद धितालले जलविद्युत् आयोजना नियमन कुन संस्थाले गर्ने भन्ने विषयमा सरलीकरण गरिरहेको बताएका छन् ।
जलविद्युत् आयोजनाले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्दा धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार र नियमन आयोगमा कागजपत्र बुझाउनुपर्ने व्यवस्था सहजीकरण गर्न खोजेको बताएका हुन् ।
‘जलविद्युत आयोजनाको प्राविधिक पाटो मात्रै हेर्छौं,’ आयोग अध्यक्ष धितालले भने, ‘जलविद्युत् उत्पादन हुन सक्छ कि सक्दैन भन्ने विषयमा पूर्वअनुमति दिन्छौं । धितोपत्र बोर्डसँग मिलेर अहिलेको प्रक्रिया कसरी सहज बनाउन सकिन्छ भन्नेमा छलफल गर्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4