६ फागुन, काठमाडौं । बुधबारदेखि सुरू हुन लागेको आईसीसी च्याम्पियन्स ट्रफीको संघारमा आएर खेलाडी घाइते हुँदा न्युजिल्याण्डलाई धक्का लागेको छ । पेस बलर लकी फर्गुसनले चोटका कारण प्रतियोगिता गुमाउने भएका हुन् ।
उनको दाँया खुट्टामा चोट लागेकाले प्रतियोगिता गुमाउने न्युजिल्याण्ड क्रिकेटलाई उद्धृत गर्दै आईसीसीले जनाएको छ । उनको स्थानमा बलिङ अलराउण्डर काइल जेमिसन टिममा भित्रिएका छन् ।
जेमिसनले सन् २०२३ मा बंगलादेशसँग खेलेपछि ओडिआई खेलेका छैनन् । उनी सन् २०१९-२१ को आईसीसी टेस्ट च्याम्पियनसिप फाइनलमा प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
न्युजिल्याण्डले यसअघि मिचेल सान्टनरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । फर्गुसन र म्याट हेनरी मुख्य पेस बलिङ विकल्प थिए ।
न्युजिल्याण्डले उद्घाटन खेलमै बुधबार पाकिस्तानसँग खेल्दै छ ।
प्रतिक्रिया 4