+

केपी ओली कप : उद्घाटन खेलमा ब्ल्याक बुल्स र एपीएफ खेल्ने

२०८१ फागुन  ६ गते १२:५७ २०८१ फागुन ६ गते १२:५७
केपी ओली कप : उद्घाटन खेलमा ब्ल्याक बुल्स र एपीएफ खेल्ने

६ फागुन, काठमाडौं । आगामी साता काठमाडौंमा सुरू हुने केपी ओली कप नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार उद्घाटन खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र नेपालको विभागीय टोली एपीएफले प्रतिस्पर्धा गर्ने छन् । ब्ल्याक बुल्सले केही दिनअघि पोखरामा सम्पन्न आहारारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।

९ टिम भएकोले एक खेल प्रि क्वाटरफाईनल हुनेछ । त्यसपछि क्‍वाटरफाइनलका खेलहरू हुनेछन् । प्रि-क्वाटरफाइनलसहित कुल ८ खेल हुनेछन् जसमध्ये ५ खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ भने सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्‍वरस्थित दशरथ रंगशालामा हुनेछ ।

फागुन ११ देखि १९ गतेसम्म हुने प्रतियोगितामा ब्ल्याक बुल्स र भुटानको ट्रान्सपोर्ट युनाइटेड विदेशी टिमको रुपमा छन् । यस्तै नेपालबाट तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपीएफ एफसीसँगै मच्छिन्द्र एफसी, न्युरोड टिम (एनआरटी) र संकटा एफसीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकको टिम केपी ओली एफसी पनि सहभागी हुनेछ ।

प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।  यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

मच्छिन्द्रले यसअघि भएको दुवै संस्कणको उपाधि जितेको थियो ।

केपी ‌ओली कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय