
६ फागुन, काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युबारे प्रतिनिधिसभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपाली विद्यार्थीमाथि भएको यस्तो घटनामा संसद् र सरकार गम्भीरतापूर्वक रुपमा लिनुपर्ने बताएका छन् ।
बैठकको आकस्मिक समयमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोध, रास्वपा सांसद मनीष झा, एमाले सांसद ठाकुर गैरे, राप्रपा सांसद ध्रुबबहादुर प्रधान लगायतले यसबारे ध्यानाकर्षण गराए ।
त्यस्तै, शून्य समयमा बोल्दै राप्रपा सांसद बिना लामा, कांग्रेस सांसद शान्ति विक, रास्वपा सांसद शिशिर खनाल, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर लगायतले विषय उठाएका छन् ।
उनीहरूले यस्ता घटनाबाट नेपाल र नेपालीको अपमानजनक व्यवहार भएको बताएका छन् ।
प्रतिक्रिया 4