+
+
Shares

नेपालीको आत्मसम्मान गुमेको अवस्था छ : रास्वपा

प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद मनीष झाले भने, ‘हाम्रो कूटनीति कतिसम्म कमजोर भयो भने कलेजको एउटा सुरक्षा गार्डले नेपाली नागरिकलाई कुटेको छ, तेरो देशको बजेट यो कलेजको भन्दा पनि कम छ भनेर अपमान गरेको छ । यसले नागरिकको आत्मसम्मान र सुरक्षा छैन भन्ने देखाएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १४:१५
फाइल तस्वीर ।

६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको कूटनीतिक कमजोरीले नेपाली नागरिकको आत्मसम्मान गुमेको बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोलेका रास्वपा सांसद मनीष झाले सरकारको असफलताको कारण विदेशमा रहेका नेपाली असुरक्षितसमेत रहेको आरोप लगाए ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले ज्यान गुमाइन् । यो एउटा घटना विशेषको रूपमा सीमित नभई आचरण र प्रवृत्तिमा जान चाहन्छु,’ सांसद झाले भने, ‘हाम्रो कूटनीति कतिसम्म कमजोर भयो कि कलेजको एउटा सुरक्षा गार्डले नेपाली नागरिकलाई कुटेको छ । तेरो देशको बजेट त यो कलेजको बजेट जति पनि छैन भनेर अपमान गरेको छ । यसले नागरिकको आत्मसम्मान र सुरक्षा छैन भन्ने देखाएको छ ।’

कूटनीतिक रूपमा सरकार असफल भएको भन्दै सांसद झाले नेपाली कूटनीति नै पुनः परिभाषित गर्नुपर्ने बेला आएको बताए ।

प्रतिनिधिसभाको विपक्षी दल रास्वपा सांसद् झाले भारतीय दूतावासमा रहेको जनशक्तिले भारतमा रहेका नेपालीको जिम्मेवारी लिन नसक्ने अवस्था रहेको पनि बताए ।

‘विभिन्न खाले रोजगारीका लागि करिब २२ लाख नेपाली भारतमा छन् । २० हजारजति विद्यार्थी विभिन्न विश्वविद्यालयमा अध्ययनरत छन् । नेपाली दूतावासमा राजनीतिक दानदक्षिणको आधारमा पुगेका १६ जना कर्मचारी छन्,’ उनले भने, ‘एक जना कर्मचारीको भागमा एक लाख ३७ हजार नागरिकको जिम्मा पर्नेरहेछ । यो जनशक्तिले कसरी जिम्मेवारी पूरा गर्न सक्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?