
३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले भारतमा हालैको घटनामा नेपाली नागरिकमाथि भएको व्यवहार चिन्ताजनक रहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनाको चर्चा गर्दै सांसद प्रधानले यस्तो बताएका हुन् ।
‘प्रकृति लम्सालको असामयिक, अप्राकृतिक अन्त्य भएको छ । सबैभन्दा पहिले आत्माको चीरशान्तिको कामना गर्दछु,’ उनले भने, ‘घटनापछि नेपाली विद्यार्थीमाथि गरिएको व्यवहारले अझ चिन्तित बनाएको छ । यो घटना भर्त्सनायोग्य छ ।’
उनले किन बारम्बार यस्ता घटना भइरहेका छन् भन्नेबारे सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । नेपाली भएकै कारण प्रकृति लम्सालले न्याय नपाएको आशंका गर्दै उनले उनको रहस्यमय मृत्युको घटनापछि सार्वजनिक भएका तथ्यहरूले त्यसैलाई बल दिएको चर्चा गरे ।
प्रतिक्रिया 4