+

सातौं सम्झना कप टेबलटेनिस फागुन दोस्रो साता

२०८१ फागुन  ६ गते १५:१४ २०८१ फागुन ६ गते १५:१४
सातौं सम्झना कप टेबलटेनिस फागुन दोस्रो साता

६ फागुन, काठमाडौं । सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता फागुन दोस्रो साता हुने भएको छ ।

ललितपुर टेबल टेनिस क्लबको आयोजनामा यही फागुन १२ देखि १७ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता हुने मंगलबार आयोजित पत्रकार समम्लनमा जानकारी दिइएको हो ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सम्झना ल्याबोरेटोरी क्लिनिक रहेको छ । यस्तै हस्पिटालिटी पार्टनरगमा नेपाली घर, ठमेल रहेको छ । दुवै प्रायोजकसँग मंगलबार पत्रकार सम्मेलनमा सम्झौता पनि भएको छ ।

प्रतियोगितामा नेपाल र भारतबाट गरी ४०२ खेलाडीले प्रतियोगिता गर्ने आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले बताए । जसमा छिमेकी भारतबाट ८५ पुरुष र ४८ महिला खेलाडी समेत आउनेछन् ।

प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्ट भेट्रान सिंगल्स (४० वर्ष माथि), वुमेन्ट भेट्रान सिंगल्स (४० वर्ष माथि), मेन्ट भेट्रान सिंगल्स (५५ वर्ष माथि), यू-१६ ब्वाइज र यू-१६ गर्ल्स गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता नेपाली टेबुल टेनिस इतिहासमै अहिलेसम्मकै धेरै पुरस्कार राशी ५ लाख २३ हजार रुपैयाँ रहेको आयोजकको दावी छ । जसमा मेन्स र वुमेन्स टिम विधातर्फ पहिलो, दोस्रो र दुई सेमिफाइनलिष्टले क्रमश: ५० हजार, २५ हजार र १०-१० हजार पाउनेछन् ।

यस्तै मेन्स र वुमेन्स सिंगल्स विधातर्फ पहिलो, दोस्रो र दुई सेमिफाइनलिष्टले पनि क्रमश: ५० हजार, २५ हजार र १०-१० हजार पाउनेछन् । यसैगरी यू-१६ तर्फ पहिलो, दोस्रो र दुई सेमिफाइनलिष्टले क्रमश: २५ हजार, १० हजार र ५-५ हजार पाउनेछन् ।

भेट्रान्सतर्फ तर्फ पहिलो, दोस्रो र दुई सेमिफाइनलिष्टले क्रमश: १० हजार, ५ हजार र ३-३ हजार पाउनेछन् । प्रतियोगिताको कुल अनुमानित बजेट २४ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

सम्झना कप टेबलटेनिस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय