+
+
Shares

कानुन निर्माणमा बेवास्ताले संघीयता धरापमा : सांसद श्रेष्ठ

रास्वपा सांसद् श्रेष्ठले संविधान कार्यान्वयनका निम्ति आवश्यक कानुन समयमै निर्माण नगरे संघीयता नै धरापमा पर्न सक्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १५:१५

६ फागुन, काठमाडौं । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कानुन निर्माणमा यस्तै बेवास्ता गरिरहने हो भने संघीयता धरापमा पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले कानुन निर्माणमा संसद् नै अनिर्णयको बन्दी बनेर बस्नुले डरलाग्दो अनिष्ठको संकेत गरेको बताए ।

कानुन निर्माणको महत्वपूर्ण जिम्मेवारी र दायित्व निर्वाह गर्नुपर्ने कानुन मन्त्रालय कानुन निर्माण गर्न नसकेको फेहरिस्तसहित प्रतिवेदन बनाएर बस्नुपरेको छ,’ राष्ट्रिय सभा विधायन समितिको प्रतिवेदन २०८१ उल्लेख गर्दै उनले भने, ‘आवश्यक कानुन निर्माणमा संसद् स्वयं नै अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु भनेको निश्चय पनि डरलाग्दो अनिष्ठको संकेत हो ।’

२०७४ देखि २०७९ सम्म बागमती प्रदेश सभाको सदस्यको जिम्मेवारीसमेत निर्वाह गरेका श्रेष्ठले संविधानमै व्यवस्था गरिएको मौलिक हक कार्यान्वयनका निम्ति आवश्यक ऐन निर्माणमा बेवास्ता गरिएको जिकिर गरे ।

‘संविधानले एकातिर मौलिक हक कार्यान्वयन गर्ने ऐन तीन वर्षभित्र बनाइसक्नुपर्ने प्रावधान राखेको छ । अर्कोतिर, ऐनहरू समयमा बन्न नसकेको कारण जनतामा नैराश्यता उपन्न हुन पुगेको छ ।’

समयले कसैलाई नछोडेको टिप्पणी गर्दै उनले भने, ‘समयमै यसलाई निराकरण नगरे संघीयता नै धरापमा पर्न जाने निश्चित छ । स्मरणरहोस्, समयले अहिलेसम्म कसैलाई बक्सेको छैन र बक्सने पनि छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?