
६ फागुन, धनगढी । कैलालीमा ६ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् ।
जिल्लाका विभिन्न स्थानबाट ६ ग्राम ८८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी उपहानगरपालिका–५ बस्ने १९ वर्षीय विनोद गिरी, बाजुराको बूढीगंगा नगरपालिका–४ का २३ वर्षीय देवेन्द्र खाती, १६ वर्षीय अनुज ओखेडा, २७ वर्षीय रुपेन्द्र रावल, ३५ वर्षीय शेरबहादुर भण्डारी र २१ वर्षीय आशिष ढाँट रहेका छन् ।
प्रहरीका अनुसार गिरी र खातीलाई धनगढी उपमहानगर-२ ब्यारेलबाट, ओखेडा र रावललाई वडा नम्बर १९ लल्लिपुरबाट, भण्डारी र ढाँटलाई वडा नम्बर १२ बाट खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4