+

निशाले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका बाँकी खेल गुमाउने

२०८१ फागुन  ६ गते १६:०९ २०८१ फागुन ६ गते १६:०९
निशाले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका बाँकी खेल गुमाउने

६ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी डिफेन्डर निशा थोकरले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका बाँकी खेलहरू गुमाउने भएकी छन् । सोमबार कीर्गिस्तानविरूद्धको खेलमा घाइते भएकी उनले बाँकी खेल गुमाउने सम्भावना बढेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको विपक्षी खेलाडीसँग ठोक्किँदा उनको टाउकोमा चोट लागेको थियो । त्यसपछि उनलाई नजिकैको ब्लु क्रस हस्पिटलमा लगेर उपचार गरिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार निशाको सोमबारै उपचारपछि डिस्चार्ज भएको थियो । ‘उनको टाउकोमा चोट लागेको टाँका लगाइएको छ । चिकित्सकले उक्त टाँका नखोलुन्जेल खेल्न नमिल्ने बताउनुभएको छ’ उनले भने ।

हाल निशा रेस्टमा छिन् । एन्फाले यसबारे आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले पराजित गरेको थियो । अब नेपालले बिहीबार लेबनानसँग दोस्रो खेल खेल्नेछ ।

निशा थोकर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय