+
+
Shares

संगठनको ड्रेस लगाएर फोटो, भिडिओ बनाउने १ सय २० सशस्त्र प्रहरी कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १६:२८

६ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १ सय २० जना कर्मचारीलाई विभागीय कारबाही गरेको छ ।

संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई अपलोड गरेका भन्दै उनीहरूलाई कारबाही गरिएको हो ।

उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्वीर खिचेर व्यक्तिगत प्रोफाईलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायब निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् ।

उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई लगायतका कारबाही गरिएको सशस्त्र प्रहरीका नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

संगठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियमन गर्नको लागी सामाजिक संजाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको पनि उनले बताए ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालले फागुन ४ गते मातहत कार्यालयहरुमा आदेशात्मक पत्राचार गर्दै २८ जनालाई कारबाही गर्न भनेको थियो ।

ती कर्मचारीहरूमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशिघ्र खुलाई पठाउन मातहत कार्यालयहरुलाई निर्देशन दिइएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?